Friday, September 3, 2010

आजदेखि ओमान एयरको उडान

The following news was published in the eKantipur.com. As a Sabre hosted airlines there is a greater PNR synchronization in Abacus.

कान्तिपुर संवाददाता

काठमाडौ, भाद्र १७ - नेपाललाई अन्तर्राष्ट्रिय मुलुकसँग जोड्नका लागि अर्को नयाँ कम्पनीले आफ्नो सेवा बिहीबारदेखि सुरु गरेको छ । अरेबियन विमान कम्पनी ओमान एयरले पहिलो उडान बिहीबार गरे पनि नियमित उडान भने असोजको मध्यबाट मात्र थाल्ने कम्पनीले जनाएको छ । यसले काठमाडौं-मस्कटबीच साताको चार उडान गर्नेछ ।

एयरले नेपालबाहेक अन्य १९ मुलुकका ३६ गन्तव्यमा साताको २ सय ९६ उडान सञ्चालन गरिरहेको छ । बोइङ ७३७-७०० जहाजबाट दुई मुलुक जोड्ने कम्पनीले अरब मुलुकमा काम गर्ने नेपाली कामदारलाई लक्षित गर्दै उडान सुरु गरेको हो । एयरको सेवाले नेपाली पर्यटनमा टेवा पुर्‍याउने कम्पनीको दाबी छ । ओमानले हवाई सेवा सुरु गर्ने मुलुकमा नेपाल ४० औं क्रममा पर्छ । एयरका प्रमुख कार्यकारी पिटर हिलका अनुसार एयरले बजारका आधारमा भविष्यमा उडान संख्या बढाउँदै जानेछ । नेपाललाई आबुधाबी, दुबई र युरोपसँग जोड्न एयरले महत्त्वपूर्ण भूमिका निभाउने उनले बताए ।

No comments:

Post a Comment